मुलुकभरमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ जना पुग्यो ( सम्पूर्ण विवरण )

66

सकुशल खवर.. 
२०७७, श्रावण १०, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप नयाँ १०९ जना कोरोना संक्रमित पुष्टिसँगै कुल संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १०९ जनामा संक्रमण देखिएको बताए ।
नयाँ संक्रमितको संख्या झापा १, खोटाङ १, सप्तरी ११, पर्सा ८, रौतहट ४, सर्लाही १, चितवन १, बारा ३, मकवानपुर १, नवलपरासीपूर्व ४, काठमाडौं २, ललितपुर १, अछाम १, गुल्मी ३, कपिलवस्तु ६, पाल्पा ४, बाँके २, बर्दिया २, दाङ ५, तनहुँ १, अछाम २, कालीकोट ३, दैलेख ३, हुम्ला १, जाजरकोट ६, मुगु २,सुर्खेत २२, डढेलधुरा ८, डोटी १३, बैतडी ३ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् ।
देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।

आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ ।