मुलुकभरमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ जना पुग्यो

59

सकुशल खवर..  
२०७७, श्रावण ११, काठमाडौं । मुलुकभरमा २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १८ हजार ६१३ जना पुगेको छ । त्यसैगरी सोही अवधिमा ७५ जना डिस्चार्ज भएसगै संख्या १३ हजार १२८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १३० जनामा संक्रमण देखिएको बताए । तीन जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्लामा एक्टीभ संक्रमण सून्य रहेको बताए । यो संगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ ।
जिल्लागत नयाँ संक्रमितमा दैलेख २५, काठमाडौं ८, झापा १, मोरङ ३, इलाम ८, सिरहा १, सुनसरी २, उदयपुर १, तेह्रथुम १, मोरङ २३, धनकुटा १, महोत्तरी २, पर्सा ४, दाङ १, नुवाकोट १, सोलुखुम्बु २, नवलपरासी पूर्व २, मकवानपुर १, रौतहट १, बारा १, कास्की ३, गोरखा २, रुपन्देही १, अर्घाखाँची १, बाँके २, बर्दिया ६, जुम्ला १, रोल्पा ३, सुर्खेत ३, अछाम १४, बाजुरा ३, कञ्चपुर ३ जना रहेको छ ।

क्वारेन्टाइनमा १७ हजार ९०३ रहेका छन् । गएको २४ घन्टामा ३ हजार ३०० जनाको स्वाब परीक्षण गरिएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।