मुलुकभरमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ जना पुग्यो

59

सकुशल खवर.. 
२०७७, श्रावण १२, काठमाडौं । मुलुकभरमा २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १८ हजार ७५२ जना पुगेको छ । त्यसैगरी सोही अवधिमा ६२६ जना डिस्चार्ज भएसगै संख्या १३ हजार ७५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १३९ जनामा थप नयाँ संक्रमण देखिएको बताए । योसँगै कुल संक्रमित संख्या १८ हजार ७५२ जना पुगेको हो ।
नयाँ थपिएका संक्रमितहरु सप्तरी २३, सिरहा ७, धनुषा १०, महोत्तरी १०, पर्सा २०, काभ्रेपलाञ्चोक १, ललितपुर ३, काठमाडौँ ३, कास्की ३, बाँके १, रुपन्देही १, सुर्खेत १, दैलेख २८, सल्यान २, बैतडी ४, धनकुटा १, पाँचथर १, मोरङ १८, सुनसरी १ जना रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ । पछिल्लो २४ घण्टामा थप ६२६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ७५४ पुगेको छ ।
देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ९५, प्रदेश नम्बर २ मा १ हजारल ९ सय ११, बागमती प्रदेशमा ४ सय २ र गण्डकी प्रदेशमा २ सय ४४ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना उपचाररत रहेका छन् ।

क्वारेन्टिनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजा ८ सय ९९, प्रदेश नम्बर २ मा २ हजार १ सय ८०, बागमती प्रदेशमा १ हजार २ सय ५ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

अहिलेसम्म पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला कोरोना मुक्त छन् । २ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।