मुलुकभरमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ जना पुग्यो, ७२.७ प्रतिशत निको भए

100

सकुशल खवर.. 
२०७७, श्रावण १३, काठमाडौं । मुलुकभरमा २४ घण्टामा ३११ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १९ हजार ६३ जना पुगेको छ । त्यसैगरी सोही अवधिमा १२१ जना डिस्चार्ज भएसगै संख्या १३ हजार ८७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा मात्रै ५३ संक्रमित सहित ३११ जनामा थप नयाँ संक्रमण देखिएको बताए । योसँगै कुल संक्रमित संख्या १९ हजार ६३ जना पुगेको हो ।

गत २४ घन्टामा १२१ डिस्चार्ज भएका छन् । यो सँगै १३ हजार ८७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ७२.७ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

क्वारेन्टाइनमा १५ हजार ३३१ र आइसोलेसनमा ५ हजार १ सय २९ जना रहेको र अहिलेसम्म ५ वटा जिल्ला कोरोना मुक्त भएको प्रवक्ता गौतमले बताए । २ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ