मुलुकभरमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ जना पुग्यो, ७२.७ प्रतिशत निको भए

57

सकुशल खवर.. 
२०७७, श्रावण १४, काठमाडौं । मुलुकभरमा २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १९ हजार २७३ जना पुगेको छ । त्यसैगरी सोही अवधिमा १४६ जना डिस्चार्ज भएसगै संख्या १४ हजार २१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा १५ संक्रमित सहित २१० जनामा थप नयाँ संक्रमण देखिएको बताए । योसँगै कुल संक्रमित संख्या १९ हजार २७३ जना पुगेको हो । गत २४ घन्टामा १४६ डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ७२.७ प्रतिशत निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ ।
प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ संक्रमणमुक्त जिल्लाहरु रहेको बताए । त्यसैगरी आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २०३ रहेको छ ।
त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा १४ हजार ४७१ जना रहेका छन् । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।