मुलुकभरमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ जना पुग्यो

52

सकुशल खवर.. 
२०७७, श्रावण १५, काठमाडौं । मुलुकभरमा चौविस घण्टामा देशभर थपिए २२७ जना कोरोना संक्रमितसँगै कुल संक्रमितको संख्या १९ हजार ५४७ जना पुगेको छ । यसैगरी २२७ जना डिस्चार्जभए सगै कुल संख्या १४ हजार २४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ३०४ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ । बिभिन्न क्वारेनटिनमा १३ हजार २०१ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।