मुलुकभरमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ जना पुग्या, सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ जना

37

सकुशल खवर.. २०७७, श्रावण १६, काठमाडौं । देशभर २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ । यसै गरी २४ घण्टामा १५१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ३९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २२४ जनामा संक्रमण देखिएको बताए । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ७६८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषा, बारा र सर्लाहीका १÷१, नारायणी अस्पताल प्रयोगशाला वीरगञ्जमा बाराका २, पर्साका ४१ र रौतहटका १ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १२ र मोरङका १५ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका २५, कैलालीका १५, काठमाडौंका ८ र नुवाकोटका २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाराका १, काठमाडौंका ३, ललितपुर र रौतहटका २÷२ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा नवलपरासी पूर्वका २, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा मकवानपुरका १, धुलिखेल अस्पतालमा दार्चुलाका १६ र कञ्चनपुरका १८ जनामा कोरोना भेटिएको छ।

पाटन अस्पताल ललितपुरमा ललितपुरका २ र सप्तरीका १, वीर अस्पताल काठमाडौंमा काठमाडौंका १, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १८ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशालामा कास्कीका १, म्याग्दीका २ र तनहुँका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।

मन्त्रालयका अनुसार दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका १, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका १० र डोटीका ३ जना, भेरी अस्पताल नेपालगञ्जमा बाँके, दैलेख र दाङका १÷१, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका २ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।
मुलुकभर हाल १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।