मुलुकभरमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुग्यो

39

सकुशल खवर.. 
२०७७, श्रावण १७, काठमाडौं । मुलुकभरमा २४ घण्टामा देशभर थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ ।
जिल्लागत संक्रमित हुनेमा कैलाली ८९, बझाङ ६८, पर्सा ६६, इलाम २२, सुनसरी १, झापा २, सिरहा ५, उदयपुर १, मोरङ ३, सप्तरी ७, बारा १, रौटहट १,कञ्चनपुर ९, काठमाडौँ ५, काभ्रेपलाञ्चोक १, रामेछाप २, भक्तपुर १, कास्की १, रुपन्देही २, सल्यान १ जना रहेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ९९३ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुुसार शनिबारसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ६ हजार ९९३ पीसीआर परीक्षण भएका छन् ।
त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा ११ हजार ५३३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।