मुलुकभरमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

31

सकुशल खवर….
२०७७, श्रावण १८, काठमाडौं । मुलुकभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २० हजार ३३२ पुग्यो । त्यसैगरी १ सय ११ जना डिस्चार्ज भएसँगै कुल संख्या १४ हजार ६०३ पुगेको छ ।

जिल्लागत विवरणमा ८१, काठमाडौं २२, सुनसरी १२, मोरङ १६, धनुषा ३५, चिवतन १, महोत्तरी ५, सर्लाही २, बझाङ २, डोटी १२, कैलाली १०, ललितपुर ८, बर्दिया १, दार्चुला १, गोरखा १, रौतहट २, सिन्धुली १, भक्तपुर १, कास्की ५, बागलुङ १, लमजुङ ३, स्याङ्जा ८, तनहुँ २, बर्दिया ९, नवलपरासीपूर्व ३, रुपन्देही १ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ९९३ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको बताए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको बताए ।

प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।

अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बागमती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा।गौतमले बताए ।

आइतबार पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण भएको छ । देशभरका क्वारेन्टिनमा क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ९४, बाग्मती प्रदेशमा ७ सय ६९ र गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना रहेको छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय २२, कर्णाली प्रदेशमा ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार दुई जिल्लामा ५०० बढी संक्रमित छन् भने ५ जिल्लामा एक्टीभ संक्रमण सून्य छ । त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा १० हजार ९३४ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।