मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६३ हजार १९३ जना पुग्यो

43

सकुशल खवर..
२०७७ पुस २२, काठमाडौं । मुलुकभर ४०९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १३३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ४९५ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ जना पुगेको छ । त्यसैगरी क्वारेनटिनमा ३४२ जना, १९७ जना आइसीयूमा र ३० जना भेन्टीलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ७०६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ९ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे बताए ।

प्रदेश १ को झापामा २ र मोरङमा ११ जना र प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा १५९ जना, काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जना र गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रोल्पामा ३ र रुपन्देहीमा २५ जना र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना भेटिएको छ।

पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर १ हजार ८९९ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।