मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ जना पुग्यो

113

सकुशल खवर.. 
२०७७ पुस २३, काठमाडौं । मुलुकभर ४१२ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना रहेको छ । पछिल्लो २४ घण्टामा ४८३ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ जना पुगेको छ । हालसम्म क्वारेनटिनमा ३४२ जना, १८४ जना आइसीयूमा र ३२ जना भेन्टीलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार १३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय १२ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे बताए ।

पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९०३ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।