मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ जना पुग्यो

135

सकुशल खवर.. २०७७ पुस २५, काठमाडौं । मुलुकभर ३६२ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ जना रहेको छ । पछिल्लो २४ घण्टामा ६९९ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २८६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय ६२ जनाको कोरोना भाइरस पोजेटि देखिएकोे बताए ।

प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जना, बागमती प्रदेशको काठमाडौंमा १५३ जना, काभ्रेमा ६, चितवनमा १७, दोलखामा १, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा १८, मकवानपुरमा ६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासीमा १ र लमजुङमा १ जना र लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ४, नवलपरासीमा १, पाल्पामा ३, प्युठानमा २, बर्दियामा १, बाँकेमा १५ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा १ र सुर्खेतमा ४ जना र सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १३, कैलालीमा १८, डोटीमा २, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।