मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६४ हजार ७८० जना पुग्यो

37

सकुशल खवर.. 
२०७७ पुस २६, काठमाडौं । मुलुकभर २५९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५१३ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४४१ जना पुगेको छ । हाल देशभर क्वारेनटिनमा २५७ जना, आइसीयूमा १९१ र भेन्टीलेटरमा ४४ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३९९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ५९ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे बताए ।

प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जना, बागमती प्रदेशको काठमाडौंमा ९९ जना, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जना, लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २, रोल्पामा २ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको सुर्खेतमा मात्र ३ जना र सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ ।