मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६५ हजार २६८ जना पुग्यो

107

सकुशल खवर.. 
२०७७ पुस २७, काठमाडौं । मुलुकभर ४८८ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५२७ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ जना पुगेको छ । हाल क्वारेनटिनमा २३७ जना, आइसीयूमा १६३ र भेन्टीलेटरमा ३७ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ३०९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ८८ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे बताए ।

प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जना र बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १ र बागलुङमा ५ जना र लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रोल्पामा २ र रुपन्देहीमा २१ जनामा कोरोना पाइएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबिस घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।