मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ जना पुग्यो

105

सकुशल खवर.. 
२०७७ पुस २८, काठमाडौं । मुलुकभर ४३० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३९० जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ जना पुगेको छ । हाल क्वारेनटिनमा २३७ जना, आइसीयूमा १५७ र भेन्टीलेटरमा ३५ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ३ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ३० जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे बताए ।

प्रदेश १ को झापाका ६, मोरङका ५, संखुवासभाका एकजना र सुनसरीका एकजना, प्रदेश २ को बाराका एकजना,रौतहटका एकजना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा २२१ जना, चितवनका १२, दोलखाका एकजना, धादिङका ३, नुवाकोटका ४, भक्तपुरका ९ मकवानपुरका २, रामेछापका २,ललितपुरका २९, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका एकजना, गण्डकी प्रदेशको कास्कीका ७, गोरखाका एक, तनहुँका २,नवलपरासी पूर्वका ४, पर्वतका एकजना, लमजुङका एकजना र अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण भेटिएको छ ।

लुम्बिनी प्रदेशको कपिलवस्तुका ३, दाङका ८, नवलपरासीका २, पाल्पाका २, प्युठानका एक, बर्दियाका १०, बाँकेका ५१, रुपन्देहीका १३ रोल्पाका २ र दैलेखका २ जना र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना, कैलालीमा ६, डडेल्धुरामा एकजना र बझाङ ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको छ ।