मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुग्यो

83

सकुशल खवर.. 
२०७७ पुस २९, काठमाडौं । मुलुकभर २४६ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ जना रहेको छ । पछिल्लो २४ घण्टामा ४४५ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार १५४ जनाको पीसीआर गर्दा ४४५ जनामा कोरोना पोजेटिभ देखिएकोे बताए ।

पछिल्लो चौविस घण्टामा संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणवाट १ हजार ९३७ जनाले ज्यान गुमाएका छन् ।