मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ जना पुग्यो

30

सकुशल खवर.. 
२०७७ माघ २, काठमाडौं । मुलुकभर ९० जना महिला र १८० जना पुरुष गरी जम्मा २७० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३९० जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ जना पुगेको छ । हाल क्वारेनटिनमा २३१ जना, आइसीयूमा १६५ र भेन्टीलेटरमा ३८ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ७० जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे बताए ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।