मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७२ हजार ८४० जना पुग्यो

29

सकुशल खवर.. 
२०७७ फागुन ३ , काठमाडौं । मुलुकभर १२२ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८४० जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५८१ जना रहेको छ । पछिल्लो २४ घण्टामा १४४ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार २०४ जना पुगेको छ । हाल देशभर क्वारेनटिनमा ७९ जना, आइसीयूमा ५९ र भेन्टीलेटरमा १७ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २२ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जनाकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।