मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ जना पुग्यो

26

सकुशल खवर.. 


२०७७ फागुन ४ , काठमाडौं । मुलुकभर १०५ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५८७ जना रहेको छ । पछिल्लो २४ घण्टामा ९९ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ जना पुगेको छ । हाल देशभर क्वारेनटिनमा ७४ जना, आइसीयूमा ६३ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ६० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ५ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जनाकारी गराएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।