मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुग्यो

24

सकुशल खवर.. 


२०७७ फागुन ५, काठमाडौं । मुलुकभर १२५ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुग्यो । पछिल्लो २४ घण्टामा ९१ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३९४ जना पुगेको छ । हाल देशभर क्वारेनटिनमा ७२ जना, आइसीयूमा ६१ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा ३ हजार ८ सय ३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २५ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जनाकारी गराएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।