मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुग्यो

26

सकुशल खवर.. 
२०७७ फागुन ६, काठमाडौं । मुलुकभर महिला ४२ र पुरुष ५४ जना गरी नयाँ ९६ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६०३ जना रहेको छ । पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ७१ जना, आइसीयूमा ६१ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९६ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।