मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुग्यो

27

सकुशल खवर.. 
२०७७ फागुन ७, काठमाडौं । मुलुकभर नयाँ ९७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५८३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ११४ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६१९ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ६८ जना, आइसीयूमा ६० र भेन्टीलेटरमा ११ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ९ सय ३१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९७ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा ३ जना मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।