मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुग्यो

28

सकुशल खवर..

२०७७ फागुन ९, काठमाडौं । मुलुकभर नयाँ ८० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४९४ जना रहेको छ । पछिल्लो २४ घण्टामा १२१ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय २५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८० जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।