मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुग्यो

61

सकुशल खवर.. 
२०७७ फागुन १०, काठमाडौं । मुलुकभर नयाँ १२५ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५२९ जना रहेको छ । पछिल्लो २४ घण्टामा ९० जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ६६ जना, आइसीयूमा ४३ र भेन्टीलेटरमा ११ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ६ सय ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २५ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।