मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुग्यो

54

सकुशल खवर..

२०७७ फागुन १२, काठमाडौं । मुलुकभर नयाँ ९४ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५५५ जना रहेको छ । पछिल्लो २४ घण्टामा ७१ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार १३९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

कोरोना संक्रमणबाट आज थप १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।