मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुग्यो

61

सकुशल खवर.. 
२०७७ चैत ५, काठमाडौं । मुलुकभर नयाँ १०७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार जना रहेको छ । पछिल्लो २४ घण्टामा ६० जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ५२ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २ सय ५४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ७ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

पछिल्लो चौबिस घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।