मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७५ हजार ७५० जना पुग्यो

80

सकुशल खवर.. 
२०७७ चैत ६, काठमाडौं । मुलुकभर नयाँ १२५ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७५० जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ । पछिल्लो २४ घण्टामा १२३ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ५१ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय १६१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय २५ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

हलसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।