मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ जना पुग्यो

82

सकुशल खवर.. 
२०७७ चैत ७, काठमाडौं । मुलुकभर नयाँ ७९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ९९८ जना रहेको छ । पछिल्लो २४ घण्टामा ८२ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ८१५ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ४७ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ६ सय ३७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ७९ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।