मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुग्यो

69

सकुशल खवर..

२०७७ चैत ८, काठमाडौं । मुलुकभर नयाँ ७७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ९६९ जना रहेको छ । पछिल्लो २४ घण्टामा १०६ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ९२१ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ४८ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ७७ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।