मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ जना पुग्यो

42

सकुशल खवर.. 
२०७७ चैत १२, काठमाडौं । मुलुकभर नयाँ १२० जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार २१७ जना रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २७२ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ५५ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ८९१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय २० जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।