मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ जना पुग्यो

89

सकुशल खवर.. 
२०७७ चैत १५, काठमाडौं । मुलुकभर नयाँ ८९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार २८२ जना रहेको छ । पछिल्लो २४ घण्टामा ९५ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ५७ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार १ सय १ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८९ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।