मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ जना पुग्यो

33

सकुशल खवर.. 
२०७७ चैत १८, काठमाडौं । मुलुकभर नयाँ १६२ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४९३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५९ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७८६ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ५९ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ९ सय १९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ६२ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।