मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या संख्या २ लाख ७७ हजार ४६१ जना पुग्यो

52

सकुशल खवर.. 
२०७७ चैत्र १९, काठमाडौं । मुलुकभर १५२ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ७७ हजार ४६१ जना पुग्यो । मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ५७९ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ जना पुगेको छ । हाल देशभर क्वारेनटिनमा ६३ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा ४ हजार २ सय १३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ५२ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जनाकारी गराएको छ ।

चौविस घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।