मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुग्यो

37

सकुशल खवर.. 
२०७७ चैत ३०, काठमाडौं । मुलुकभर नयाँ ५५९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ जना रहेको छ । पछिल्लो २४ घण्टामा ९९ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ८५ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३७८ जनाकोे पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ५५९ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।