मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुग्यो

86

सकुशल खवर.. 
२०७७ चैत ३१, काठमाडौं । मुलुकभर नयाँ ५१७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा १५३ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ८१ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा ४ हजार ३८६ जनाको पीसीआर नमुना परीक्षणका क्रममा ४ सय ६० जनाको र ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ५७ जना गरी थप ५ सय १७ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।