मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना पुग्यो

90

सकुशल खवर.. 
२०७८ बैशाख १, काठमाडौं । मुलुकभर नयाँ ६०३ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५६ जना रहेको छ । पछिल्लो २४ घण्टामा १२९ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ४४७ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ७९ जना, ८० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा ४ हजार २९९ जनाको पीसीआर गर्दा ५८० जना र ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ हजार ६१ पुगेको छ।