मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुग्यो

24

सकुशल खवर.. 
२०७८ बैशाख २, काठमाडौं । मुलुकभर नयाँ ५३४ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ जना रहेको छ । पछिल्लो २४ घण्टामा १५७ जना उपचारपछि निको भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ६०४ जना पुगेको छ । हाल देशभरका क्वारेनटिनमा ६८ जना, ८० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा ३ हजार ५८८ जनाको पीसीआर नमुना परीक्षणका क्रममा ४ सय ९० जनाको र ५ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ४४ जना गरी थप ५ सय ३४ जनाको कोरोना भाइरस पोजेटिभ देखिएकोे जानकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।