मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ८० हजार ५८५ जना पुग्यो

94

सकुशल खवर.. 
२०७८ बैशाख ९, काठमाडौं । मुलुकभर नयाँ २ हजार ४२८ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५८५ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६९० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन् ।क्वारेनटीनमा ८१ जना, आइसीयूमा १७० र भेन्टीलेटरमा ५९ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा पोजेटिभ आएको थियो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।