मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ जना पुग्यो

76

सकुशल खवर.. 
२०७८ बैशाख १०, काठमाडौं । मुलुकभर नयाँ २ हजार ५५९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ४१० जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ७६ हजार ७५५ जना संक्रमित निको भइसकेका छन् । क्वारेनटीनमा ७५ जना, आइसीयूमा १७३ र भेन्टीलेटरमा ५७ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ९८ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ४ सय ४९ जना र ८ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १० जना गरी थप २ हजार ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ६, झापामा ५, ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा ७४, सुनसरीमा ११ र सोलुखुम्बुमा ३ जना, प्रदेश २ को धनुषामा ३१, पर्सा ६२, बारामा २१, महोत्तरीमा १४, रौतहटमा १३, सप्तरीमा १, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ७६० जना,काभ्रेपलाञ्चोकमा २२, चितवनमा २७, दोलखामा ७, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ७४, मकवानपुरमा ३०, रसुवामा १, ललितपुरमा १०६, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ९, नवलपरासी पूर्वमा ४, पर्वतमा २, म्याग्दीमा ३, बागलुङमा ११ र स्याङजामा ८ जना, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा १५, गुल्मीमा १४, दाङमा ७९, नवलपरासीमा १७, पाल्पामा ३२, प्युठानमा १, बर्दियामा ३९, बाँकेमा ३५४ र रुपन्देहीमा २२१ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा २, डोल्पामा १, दैलेखमा ५, रुकुम पश्चिममा ६, सल्यानमा ७, सुर्खेतमा ९१ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा २२, कैलालीमा ७२, डडेल्धुरामा ४, डोटी ८, दार्चुला, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।