मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या २ लाख ९७ हजार ७८ जना पुग्यो

125

सकुशल खवर..
२०७८ बैशाख ११, काठमाडौं । मुलुकभर नयाँ २ हजार ६१९ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ७८ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३६८ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ७६ हजार १२३ जना संक्रमित निको भइसकेका छन् । क्वारेनटीनमा ७१ जना, आइसीयूमा २१३ र भेन्टीलेटरमा ६९ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय २५ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ४ सय ८६ जना र १ हजार १४३ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ३३ जना गरी थप २ हजार ६ सय १९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रदेश १ को इलाममा १, उदयपुरमा १, खोटाङमा २, झापामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ३९, संखुवासभामा ८ र सुनसरीमा १९ जना, प्रदेश २ को धनुषामा ८, पर्सा ६८, बारामा १८, महोत्तरीमा ४, रौतहटमा २५, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६४४ जना, काभ्रेपलाञ्चोकमा ७, चितवनमा १२३, धादिङमा २२, नुवाकोटमा ७, भक्तपुरमा ८७, मकवानपुरमा २८, रसुवामा ५, रामेछापमा १, ललितपुरमा १४१ र सिन्धुलीमा २ जना, गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ९, तनहुँमा ८, नवलपरासी पूर्वमा २६, पर्वतमा ५, म्याग्दीमा २, बागलुङमा ९ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४३, गुल्मीमा ११, दाङमा १७२, नवलपरासीमा १४, पाल्पामा १३, प्युठानमा ३, बर्दियामा ३५, बाँकेमा ३५२, रुकुम पूर्वमा ४, रुपन्देहीमा २६८ र रोल्पामा २ जना, कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा ३, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा २, सल्यानमा १०, सुर्खेतमा २३ र हुम्लामा १ जना र सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २८, कैलालीमा ८१, डडेल्धुरामा ६, डोटीमा १३, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ ।