मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख २९ हजार जना पुग्यो

67

सकुशल खवर.. 


२०७८ बैशाख १२, काठमाडौं । मुलुकभर नयाँ ३ हजार १२२ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख २९ हजार जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ४५० जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ७६ हजार १२३ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा ६९ जना, आइसीयूमा २५२ र भेन्टीलेटरमा ६५ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ९२ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जना गरी थप ३ हजार १ सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।