मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या संख्या ३ लाख ३ हजार ५६१ जना पुग्यो

130

सकुशल खवर.. 
२०७८ वैशाख १३, काठमाडौं । मुलुकभर ३ हजार ५५६ जना कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या संख्या ३ लाख ३ हजार ५६१ जना पुग्यो । मुलुकभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३७८ जना उपचारपछि निको भएकोे छ । हाल क्वारेनटीनमा ६५जना, आइसीयूमा २६८ र भेन्टीलेटरमा ७८ जना उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न बिभिन्न प्रयोगशालामा १२ हजार ४ सय जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ३ हजार ४४२ जना र ८ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा जना १ सय १४ जना गरी थप ३ हजार ५ सय ५६ जनाको रिपोर्ट पोजेटिभ देखिएकोे जनाकारी गराएको छ ।
प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ४३, ताप्लेजुङमा २, धनकुटामा २, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा १३४, सुनसरीमा ४२ र सोलुखुम्बुमा ४ जना, प्रदेश २ को धनुषामा ३१, पर्सा ९८, बारामा १४, महोत्तरीमा ६, रौतहटमा १४, सप्तरीमा ७, सर्लाहीमा १३ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ५६७ जना, काभ्रेपलाञ्चोकमा २७, चितवनमा ९६, दोलखामा ३, धादिङमा ५२, नुवाकोटमा १४, भक्तपुरमा १२२, मकवानपुरमा ३२, रामेछापमा ४, ललितपुरमा २२३, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ५ जना, गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा २३, तनहुँमा ७, नवलपरासी पूर्वमा ३०, पर्वतमा ७, मुस्ताङमा १, म्याग्दीमा ४, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा १५, गुल्मीमा २०, दाङमा २६, नवलपरासीमा ४, पाल्पामा ३४, प्युठानमा ४, बर्दियामा २३, बाँकेमा ३०७, रुकुम पूर्वमा २, रुपन्देहीमा ९५ र रोल्पामा ५ जना, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा २ जना र सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ४१, कैलालीमा २८, डडेल्धुरामा १८, डोटीमा १४, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।