काठमाडौँमा २८ स्थानबाट कोभिडबिरुद्धको खोपको पहिलो मात्रा दिईदै

57

सकुशल खवर.. 
२०७८ बैशाख १४, काठमाडौं । काठमाडौंको ११ स्थानबाट, भक्तपुरको १० स्थान र ललितपुरको ७ स्थान गरी २८ स्थानबाट भेरोसेल खोप दिइने भएको छ । यो खोप १८ बर्ष देखि ५९ बर्ष उमेर समूहकाले लगाउन पाउनेछन् । खोप लगाउन जाँँदा नागरिकता वा सरकारी परिचयपत्र लिएर जानुपर्नेछन् ।

काठमाडौँमा खोप दिइने स्थान
स्वास्थ्य कार्यालय काठमाडौँले आज जिल्लाभर ११ ठाँउबाट कोभिडविरुद्धको पहिलो डोज खोप भेरोसेल दिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र छाउनीस्थित नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, परोपकारप्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल, नेपाल मेडिकल कलेज जोरपाटी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, हिमाल अस्पताल ज्ञानेश्वर, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र वीर अस्पताल महावौद्यमा पनि खोपको व्यवस्था छ ।

     भक्तपुरमा खोप दिइने स्थान
नेपाल कोरिया मैत्री अस्पताल, चांगुनारायण अस्पताल, जनस्वास्थ्य उपचार केन्द्र च्याम्पासिंह, सूर्यविनायक नगरपालिका अस्पताल दधिकोट, सिद्धि मेमोरियल अस्पताल, केएमसी अस्पताल दुवाकोट, नागरिक सामुदायिक अस्पताल गठ्ठाघर, समिट अस्पताल लोकन्थली, वीपीआई फाउन्डेशन लोकन्थली र काठमाडौँ क्यान्सर सेन्टरवाट खोपको पहिलो मात्रा लगाउन पाउनेछन् ।

                                         ललितपुरमा खोप दिइने स्थान
ललितपुरमा अल्का २ भुनिमण्डल, आनन्दबन अस्पताल र किष्ट मेडिकल कलेज ग्वार्को, पुल्चोकस्थित निदान अस्पताल, भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल, लुभु प्राथमिक स्वास्थ्य केन्द्र र बज्रवाराही अस्पताल गोदावरी गएर पनि खोप लिन सकिने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।