मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुग्यो

156

सकुशल खवर.. 
२०७८ बैशाख १४, काठमाडौं । मुलुकभर नयाँ ४ हजार ५२४ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ५५५ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ७८ हजार ५०६ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा ५८ जना, आइसीयूमा २१५ र भेन्टीलेटरमा ८४ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमश ४ हजार ३६४ जनाको पीसीआर र १६० जनाको एन्टीजेनमा पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।