सरकारी अस्पताललाई स्वास्थ्यको सात बुँदे निर्देशन

68

सकुशल खवर.. 
२०७८ बैशाख १४, काठमाडौं । सवै सरकारी अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बिरामीको उपचारलाई व्यवस्थित गर्न सबै सरकारी अस्पताललाई सात बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयका अनुसार चिकित्सकहरुलाई लामो विदा नदिने देखि स्वास्थ्यकर्मीहरुलाई आलोपालो काममा लगाउने सम्मका व्यवस्था मिलाउने, तत्काल ओपिडी र पछि गर्न मिल्ने सर्जरीहरु नगर्ने, आइसीयू, तथा आकस्मिक सेवाका लागि औजार उपकरण तथा अक्सिजनको व्यवस्था गर्ने, रिक्त दरबन्दीमा ६ महिनाका लागि करारमा लिएर पदपूर्ति गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।