मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुग्यो

56

सकुशल खवर.. 
२०७८ बैशाख १५, काठमाडौं । मुलुकभर नयाँ ४ हजार ८९७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ७९ हजार २७९ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा ५४ जना ,आइसीयूमा ३१७ र भेन्टीलेटरमा ९८ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९५५ जनाको एन्टीजेन परीक्षण गर्दा १२३ जना गरी थप ४ हजार ८ सय ९७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार २१२ पुगेको छ ।