मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुग्यो

89

सकुशल खवर.. 
२०७८ बैशाख १६, काठमाडौं । मुलुकभर नयाँ ४ हजार ९२८ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार १०७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ८० हजार १६७ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा ५९ जना, आइसीयूमा ३३७ र भेन्टीलेटरमा १०७ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ४ हजार ८ सय ३१ जना र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जना गरी थप ४ हजार ९ सय २८ जनाको कोरोना रिपोर्ट पोजेटिभ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।