मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुग्यो

42

सकुशल खवर..

२०७८ बैशाख १७, काठमाडौं । मुलुकभर नयाँ ५ हजार ७२६७ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ९२८ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ८१ हजार ९५ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा ५५ जना, आइसीयूमा ३३१ र भेन्टीलेटरमा ११५ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ५ हजार ६ सय ५७ जना (३६.७६ प्रतिशत ) र ५२५ जनाको एन्टीजेन परीक्षण गर्दा ७० जना गरी थप ५ हजार ७ सय २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।