उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि ११९५ बेड थपिदै

58

सकुशल खवर.. 
२०७८ बैशाख १९, काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि ११९५ बेड थप्ने भएको छ ।
मन्त्रालयले २२ जिल्लामा कोभिड–१९ को संक्रमण भयावह भएको र बेड उपलब्ध गराउन सम्भव नरहेको विज्ञप्ती जारी गरेको थियो । तर, उक्त विज्ञप्तिको चौतर्फी आलोचना भएपछि शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सरकार जनताको उपचारका लागि प्रतिवद्ध रहेको र आइतबार नै कोभिड–१९ संक्रमितहरुका लागि काठमाडौं उपत्यकामा १ हजार बेड थप गरिने जनाएका थिए ।

मन्त्रालयकाअनुसार कोभिड १९ संक्रमितको उपचारका लागि नेपाल प्रहरी अस्पतालमा ३५० बेड थपिदैछन् । यस्तै, पाटन अस्पतालमा पनि आजैबाट ३५० बेड थपिनेछन् । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २५० बेड, जनमैत्री अस्पतालमा १२० बेड, सुरेश वाग्ले क्यान्सर अस्पताल महाराजगन्जमा १०० बेड, मानसिक अस्पतालमा २५ बेड थपिनेछन् ।