मुलुकभरमा कोरोना (कोभिड(१९) संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुग्यो

70

सकुशल खवर.. 
२०७८ बैशाख १९, काठमाडौं । मुलुकभर नयाँ ७ हजार २२१ जना कोरोना संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० जना पुग्यो । हालसम्म सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना उपचारपछि निको भएका छन । हालसम्म २ लाख ८३ हजार ९४४ जना संक्रमित निको भइसकेका छन् । हाल क्वारेनटीनमा ६७ , आइसीयूमा ४७७ र भेन्टीलेटरमा १३१ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा१६ हजार १४७ जनाको पीसीआर गर्दा ७ हजार १३७ जनामा पोजेटिभ र ६२३ जनाको एन्टीजेन परीक्षण गर्दा ७४ जनामा कोभिड १९ पोजेटिभ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार २३९ पुगेको छ ।